टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ भन्दै पोस्ट गर्ने युवक पक्राउ


काठमाडौं-  सामाजिक सञ्जाल टिकटकमा झुठा सूचना फैलाउने एक युवक काठमाडौंमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–७ का प्रकाश भट्ट (२३) पक्राउ परेका हुन्।

उनले टिकटकमा “झापामा बालेन साह माथि गोली प्रहार” भनी झुठा समाचार पोस्ट गरी समाजमा नकारात्मक र गलत सूचना प्रवाह गरेको पाइएको छ ।

प्रकाश भट्टलाई काठमाडौँ महानगरपालिका–५, डबली चोकबाट पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिक शान्ति भंग गर्ने कसुरमा उनीविरुद्ध अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि प्रकाश भट्टको पक्राउ म्याद ५ दिन थप गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराई ले घटनाबारे जानकारी दिँदै समाजमा गलत सूचना फैलाउने कार्य विरुद्ध प्रहरीले कडा नजर राख्ने बताए ।

प्रतिक्रिया