
सब–इन्जिनियर यादव हत्या प्रकरण: सीमा नाकाबाट दुईजना पक्राउ
काठमाडौं- सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ ।
फागुन ३ गते साँझ सर्लाहीको मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवलाई दुई जनाले घर बाहिर बोलाएर छातीमा गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणकारीहरू फरार भएका थिए ।
हत्या प्रकरणमा संलग्न दुई जना आरोपीलाई सीमा नाकाबाट नियन्त्रणमा लिइएको गोविन्द थपलिया (मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी)ले जानकारी दिए । “आरोपीहरूलाई सीमा नाकाबाट पक्राउ गरी घटनाबारे विस्तृत सोधपुछ भइरहेको छ,” उनले भने । पक्राउ परेकाहरूको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।
घटनापछि नेपाल इन्जिनियर्स एसोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको थियो ।



कागजपत्र |
