
अभिनेत्री नम्रता सापकोटाले गरिन् विवाह
काठमाडौं- अभिनेत्री नम्रता सापकोटाले विवाह गरेकी छन्। उनले बिहीबार ओजस नामक युवकसँग विवाह गरेकी हुन्।
सीतापाइलास्थित निजी निवासमा बिहीबार उनीहरूकाे विवाह समारोह आयोजना गरिएको छ। नम्रताले श्रीमानबारे कुनै जानकारी दिएकी छैनन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा मेहन्दी समारोहको एक तस्बिर पोस्ट गरेकी थिइन्।
कुनै समय नम्रताले विवाह नभए पनि बच्चा जन्माउने इच्छा रहेकाे बताएकी थिइन्। जसले उनलाई चर्चामा ल्याएको थियो।
दर्जनजति फिल्ममा काम गरेकी अभिनेत्री श्रेष्ठ पछिल्लो पटक फिल्म ‘नम्बरी सुन’मा देखिएकी थिइन्। ‘अन्तराल’ उनको डेब्यु फिल्म हो। त्यसपछि ‘ब्रासलेट’, ‘छक्कापञ्जा’, ‘बिरानो’ ‘माया’, ‘समर लभ’, ‘होक्से’ लगायत फिल्ममा काम गरेकी छन्।



कागजपत्र |
