
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो।
साथै, अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश पनि दिएको छ। प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् र उनलाई फागुन ४ गते (सोमबार) घरबाटै पक्राउ गरिएको थियो।
यसअघि पनि माघ २३ गते पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचन सम्बन्धी टिप्पणीलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएर छोडेको थियो।
प्रहरीको आशंका अनुसार, फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियानसँग सम्बन्धित गतिविधि हुने डरका कारण उनलाई पटक-पटक पक्राउ गरिँदै आएको छ।



कागजपत्र |
