
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
रौतहट- गौर–चन्द्रपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। दुर्घटना गौर नगरपालिका–४ मा भएको हो, जहाँ करिब ४० जना यात्रु सवार बस अनियन्त्रित भएको बताइएको छ।
प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज, आँखा अस्पताल पुरेनवा र प्रादेशिक अस्पताल गौर पठाइएको छ।
दुर्घटनामा परेको बस ना ८ ख ८७७३ नम्बरको हो, जुन चन्द्रपुरबाट गौरतर्फ आउँदै गर्दा सडकछेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो।
बस चालक रिजवान खान (२४ वर्ष, चन्द्रपुर–८) लाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।



कागजपत्र |
