काठमाडौंका ३ प्रहरी अधिकृत पुरस्कृत


काठमाडौं-  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले उत्कृष्ट काम गरेको भन्दै तीन प्रहरी अधिकृतलाई पुरस्कार प्रदान गरेको छ।

पुरस्कृत हुनेहरूमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे रहेका छन्।

एआईजी ईश्वर कार्कीका अनुसार, काठमाडौं उपत्यकामा हुने विरोध, प्रदर्शन, बन्द–हड्ताल, मेला–पर्व, खेलकुद र विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रणमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै एसपी भट्टराई र डीएसपी बुढाथोकीलाई पुरस्कृत गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको रेकर्डअनुसार उनीहरूलाई औपचारिक रूपमा सम्मान र पुरस्कार प्रदान गरिएको छ।

त्यस्तैगरी, डीएसपी जनार्दन घिमिरेलाई प्रहरी वृत्त सिंहदरबारको ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने अनुमति र पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो।

प्रतिक्रिया