सुर्खेतमा ४२ वर्षीया महिलामाथि जबरजस्ती करणी, २३ वर्षीय युवक पक्राउ


सुर्खेत-  सुर्खेतमा ४२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–१ निवासी २३ वर्षीय बिमल विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित महिलाले जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका विकलाई हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया