
जेलमा रहेका राजपाल यादवलाई सलमान, अजयसहितका कलाकारहरूको सहयोग
काठमाडौं- चेक बाउन्स प्रकरणका कारण तिहाड जेलमा रहेका बलिउड अभिनेता राजपाल यादवलाई सहयोग गर्न धेरै चर्चित कलाकारहरू अगाडि आएका छन्। यसक्रममा सलमान खान र अजय देवगणको नाम पनि पछिल्लो सूचीमा सामेल भएको छ।
बीबीसी न्युज हिन्दीका अनुसार, राजपाल यादवका म्यानेजर गोल्डीले फिल्म उद्योगका थुप्रै ठूला कलाकारहरूले आर्थिक संकटमा परेका यादवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।
गोल्डीले बताएअनुसार, “सलमान खान, अजय देवगण, वरुण धवन, सोनु सूदजस्ता ठूला कलाकारहरूले राजपाल यादवलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ। उहाँको वर्तमान अवस्थाबारे उद्योगभित्र निकै चिन्ता व्यक्त गरिएको छ।”
उनका अनुसार, यी नाम मात्र होइन, अन्य धेरै निर्माता, निर्देशक र कलाकारहरूले पनि यादवलाई साथ दिने प्रतिबद्धता जनाएको छन्।
आर्थिक विवादका कारण जेलमा रहेका यादवप्रति बलिउड उद्योगबाट देखिएको एकता र सहयोगलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कलाकारहरूबीचको सहयोग र सहकार्यको भावना अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि चर्चा बनेको छ।



कागजपत्र |
