
डोल्पामा बोलेरो जिप दुर्घटना: एकजनाको मृत्यु, ३ घाइते
डोल्पा – डोल्पामा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँबाट त्रिपुराकोटतर्फ आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेरो जिप बिहीबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार, दुर्घटनामा जिउ गाउँका करिब ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको छ। साथै, जिउ गाउँका ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी–४ रंगकी ४५ वर्षीय रमा बोहोरा र जिप चालक घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ।
चालक, सल्यानको कुमाख गाउँपालिका–२५ का २५ वर्षीय एलिस बुढाथोकीलाई त्रिपुराकोट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



कागजपत्र |
