सहिद गंगालाल ह्रदय केन्द्रका चिकित्सकमाथि हातपात


काठमाडौं-  सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र नर्समाथि बिरामीका आफन्तले हातपात गरेका छन्।

अस्पतालका अनुसार बिहिबार दिउँसो आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स र सुरक्षा गार्डमाथि बिरामीका आफन्तले कार्यकक्षमै हातपात गरेका हुन्।

सिन्धुपाल्चोकबाट उपचारका लागि आएकी ८३ वर्षीया वृद्धाकी मृत्यु भएको भन्ने आरोपमा उनका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका निर्देशक डा. रवि मल्लले जानकारी दिए। यद्यपि बिरामी सकुशल रहेको बताइएको छ।

बिरामीका आफन्तले चिकित्सक र नर्समाथि हातपात गर्नुका साथै तोडफोड पनि गरेका थिए। प्रहरीले घटना स्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक निसंखु–६ का हरिबहादुर गुरुङ र सुरज गुरुङ रहेका छन्।

प्रतिक्रिया