
झापा पुगेर ओलीले भने- ‘भिड्न आउँछु’ भन्छन् भने स्वागत छ
झापा- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै गृहजिल्ला झापा पुगेर भद्रपुर विमानस्थलमा स्वागत भएका छन्।
शुक्रबार हवाइमार्गमार्फत भद्रपुर विमानस्थल पुगेका ओलीलाई स्वागतका क्रममा भव्य कार्यक्रम आयोजना गरिएको थियो।
स्वागत समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, “यदि कोही ‘भिड्न आउँछु’ भन्छ भने त्यसलाई सधैं स्वागत गर्ने कुरा हो। नयाँ हाम्रा भाई, भतिजा, छोराहरुको पुस्ता राजनीतिमा लाग्छु भन्छन् भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छैन।”
उहाँले युवाहरू निर्वाचन प्रचारमा सक्रिय रहेको प्रसंगमा थप्दै भने, “युवाहरू सूर्यलाई जिताउन लागेका छन्, सूर्यको जित निश्चित छ। भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ।”
अध्यक्ष ओलीले झापालाई ‘सूर्यमय जिल्ला’ बनाउन सबै जिल्लाबासीसँग सहकार्य र योगदानको अपिल पनि गरे।



कागजपत्र |
