रुपन्देही–३ का उम्मेदवार गोविन्द काराखेती प्रलोपाबाट निष्कासित


रुपन्देही – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको नीति, विधान र हितविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै शुक्रबार उनलाई कारबाही गरिएको हो।

प्रलोपा रुपन्देहीका इन्चार्ज पंकज राईले विज्ञप्ति जारी गर्दै काराखेतीले पार्टीको विधान, नीति तथा सिद्धान्तको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको जानकारी दिएका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार उम्मेदवार बनेपछि काराखेतीले पार्टीका जिम्मेवार नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको पाइएको छ। यस्तै, उनले आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको तथ्य पनि खुलेको पार्टीले जनाएको छ।

पार्टीको निर्णयले निर्वाचनको मुखमा प्रलोपा रुपन्देहीमा राजनीतिक तरंग सिर्जना भएको छ।

प्रतिक्रिया