
गल्छीमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी, २४ वर्षीय युवक पक्राउ
धादिङ- धादिङको गल्छी गाउँपालिकामा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गल्छी गाउँपालिका–१ का २४ वर्षीय विशाल खतिवडा रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडित महिलाले विशाल खतिवडाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। उजुरी प्राप्त हुनासाथ प्रहरीले तत्कालै अनुसन्धान अघि बढाउँदै आरोपीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका खतिवडामाथि जबरजस्ती करणीको मुद्दामा आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ। घटनासम्बन्धी थप तथ्य बुझ्न र प्रमाण संकलनका लागि अनुसन्धान जारी रहेको जनाइएको छ।



कागजपत्र |
