
त्रिभुवन विमानस्थलबाट उडेको विमान कलकत्ता डाइभर्ट, इन्जिनमा समस्या
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलायन्सको विमानमा इन्जिनमा समस्या देखिएको छ। विमानस्थलबाट उडे लगत्तै विमानको एक इन्जिनमा अन–फायर संकेत देखिएपछि चालकले तत्काल सुरक्षा उपाय अपनाउँदै जहाजलाई कलकत्ता (कोलकाता) विमानस्थलमा डाइभर्ट गरेका छन्।
एयरलायन्सका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित छन् र अहिलेसम्म कुनै चोटपटक वा दुर्घटनाको घटना भएको छैन। घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन तयारी सक्रिय गरिएको थियो।
विमानस्थल स्रोतका अनुसार, कलकत्तामा अवतरण भएलगत्तै इन्जिनको प्रारम्भिक जाँच गरिनेछ र त्यसपछि विस्तृत फरेन्सिक निरीक्षणको प्रक्रिया अघि बढाइनेछ। अहिलेसम्म इन्जिनमा समस्या किन देखियो भन्ने पुष्टि हुन सकेको छैन।
एयरलायन्सले यात्रु र सामानको सुरक्षा सुनिश्चित गर्दै आवश्यक सूचना सार्वजनिक गर्ने तयारी गरेको छ।



कागजपत्र |
