
ललितपुरबाट पेस्तोलसहित तीन जना पक्राउ
काठमाडौं- सशस्त्र प्रहरीले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल ललितपुरमा बसोबास गर्दै आएका २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन्।
मंगलबार सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको डीएसपी थापाले बताए।



कागजपत्र |
