जेनजी आन्दोलनका बेला फरार भएका कैदी गुल्मीबाट पक्राउ


गुल्मी-  जेन–जी आन्दोलनका क्रममा काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले गुल्मीबाट पक्राउ गरेको छ।

आइतबार बिहान रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्क क्षेत्रबाट फरार कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक हवल्दार बासु मरासिनीको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्ति गुल्मीको छत्रकोट गाउँपालिका–५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए। उनी ज्यानसम्बन्धी कसुर मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका थिए।

पक्राउ परेपछि सर्तुङ्गेललाई कारागार कार्यालय तम्घास, गुल्मीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया