
सङ्खुवासभामा खुकुरी प्रहार गरी छिमेकीको हत्या, एक पक्राउ
सङ्खुवासभा – आपसी विवादका क्रममा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सङ्खुवासभाको चैनपुर नगरपालिका–१० इखम्बुमा भएको घटनामा ४७ वर्षीय लीला प्रसाद राईको ज्यान गएको हो।
प्रहरीका अनुसार शनिबार दिउँसो सामान्य भनाभनबाट सुरु भएको विवाद एकाएक उग्र बनेपछि सोही स्थानका ५९ वर्षीय शिवकुमार राईले लीला प्रसादमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीको गम्भीर चोट लागेका लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर तथा प्रहरी चौकी खराङबाट खटिएको टोलीले अभियुक्त शिवकुमार राईलाई तत्काल नियन्त्रणमा लिएको थियो। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
