सिराहामा गोली हानी एक जनाको हत्या


सिरहा — सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

अज्ञात समूहले गोली प्रहार गरी सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेका हुन् ।

सिरहा नगरपालिका–७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

प्रतिक्रिया