
सुदूरपश्चिमको भ्रमण सकेर कालीकोट पुगेका बालेनले लेखे- कर्नालीका सुइना, अब हाम्मा सुइना
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले अब कर्णालीको सपना आफ्नै सपना भएको बताएका छन्।
सुदूरपश्चिमको भ्रमण सकेर कर्णाली प्रदेशको यात्रा सुरु गरेका बालेनले कालीकोटको मान्म पुगेपछि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्रै सुइना।”
शुक्रबार बिहान बालेन रास्वपा अछाम–२ का उम्मेदवार भूपदेव शाहको गाउँ पुगेका थिए। त्यहाँ पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गरेपछि उनी कर्णाली प्रदेशतर्फ लागेका हुन्।
बालेनको यात्रा दैलेख हुँदै सुर्खेतसम्मको रहने कार्यक्रम तय गरिएको छ।
यसअघि उनले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ, बैतडी, डोटी र बाजुरासम्म भ्रमण गरिसकेका छन्।



कागजपत्र |
