
नेपाल प्रहरीको रासन रकम बढाउने सरकारको निर्णय
काठमाडौं- सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल र दैनिक रासन रकम बढाउने निर्णय गरेको हो ।
गृहमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गरिने निर्णय भएको हो ।
‘२०८२ साल फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ निर्णय सुनाउँदै अर्यालले बताए ।
तर, रासन रकम कति वृद्धि गरिएको हो भन्ने विषयमा भने सरकारले हालसम्म स्पष्ट जानकारी दिएको छैन ।



कागजपत्र |
