राष्ट्रपति पौडेल आइतबार जापान जाने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार जापान भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी हुने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा रहनेछ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन् ।

‘नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृति दिने निर्णय भएको छ,’ गृहमन्त्री एवं प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया