काठमाडौं मूलपानीमा १० जना लुटेरा पक्राउ, विवरण सार्वजनिक


काठमाडौं – काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनमा उनीहरूको विवरण सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने अधिकांश व्यक्तिहरूको आपराधिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ का २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण–७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली–१ का २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजिब भण्डारी, रामेछाप दोरम्भा–८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ–२ का २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोक लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ रहेका छन् ।

प्रहरीका अनुसार यो समूहले रातको समयमा एक्लै हिँडेका व्यक्तिहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया