बाराकाे सासू–छोरा हत्या प्रकरणमा मानितादेवी उनका पूर्वप्रेमी संलग्न !


बारा-  बाराको परवानीपुरकी सुमित्रा देवी र उनका छोरा रामेश्वर मण्डलको हत्या २३ वर्षीया मानिता देवीको योजनामा भएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रामेश्वरकी पत्नी मानिता र एक युवकको संलग्नता पुष्टि भएको हो। पक्राउ परेका युवक मानिताका पूर्वप्रेमी हुन्। अनुसन्धान अनुसार, उनी वैदेशिक रोजगारीका लागि दुबईमा रहेको बेला हत्या योजनासहित नेपाल आएका थिए। युवक दुई दिनअघि माघ १२ गते मात्रै दुबईबाट काठमाडौं आए र त्यही दिन बारा पुगेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, मानिता देवीका प्रेमीकाले ‘सुपारी’ दिएको हुनसक्ने आशंका गरिएको छ।

घटनाको विवरण अनुसार, बारा परवानीपुर गाउँपालिका–१ मा सुमित्रा देवी (४६) र उनका छोरा रामेश्वर मण्डल (२८)लाई घरभित्रै चक्कु प्रहार गरी हत्या गरिएको थियो। मृतक रामेश्वरका पिता जगरुप मण्डल (५०) र बहिनी रिणा कुमारी मण्डल (२०) घाइते भएका छन्। उनीहरूको उपचार स्थानीय एलएस न्युरो अस्पतालमा भइरहेको छ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार घटनामा संलग्न एक व्यक्ती भारत भागेको आशंका गरिएको छ र प्रहरीले अनुसन्धान तीव्र पारेको छ। पक्राउ परेका मानिता र उनका प्रेमी दुवै सामान्य चोटपटकसहित घाइते रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया