फेरि समातिए दुर्गा प्रसाईं


काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् ।

प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।

कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै आयोगले प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया