बागमती प्रदेशसभा सदस्यबाट कुन्दनराज काफ्लेले दिए राजीनामा


काठमाडौं – कांग्रेसका बागमती प्रदेशसभा सदस्य तथा पूर्वआर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

उनले सोमबार हेटौंडा-१० स्थति प्रदेशसभा सचिवालयमा उपसभामुख अप्सरा बस्नेत समक्ष राजीनामा बुझाएका हुन्।

प्रतिनिधिसभाको निर्वाचनमा दोलखाबाट उम्मेदवार बन्ने तयारीमा रहेका उनले राजीनामा दिएको बताइएको छ।

प्रतिक्रिया