लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा दुई प्रहरी पक्राउ


काठमाडौं-  लागुऔषध कारोबारीसँग दुई लाख रुपैयाँ असुलेको आरोपमा दुई जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र प्रहरी जवान सुजन कार्की रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग अवैध रूपमा रकम लिएको प्रमाण फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

एसपी भट्टराईले भने, “कानुनका अघि सबै बराबर छन् । प्रहरी कर्मचारीले नै गल्ती गरे पनि उन्मुक्ति दिइँदैन । कानुन विपरीत काम गर्नेलाई प्रहरीले नै कानुनी दायरामा ल्याउँछ ।”

पक्राउ परेका दुवै जना प्रहरी कर्मचारी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया