प्रतिनिधिसभा चुनाव लड्न नारायणकाजी, वामदेव र भगवतीले राष्ट्रियसभा छाडे


काठमाडौं-  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम तथा नेकपा (एमाले) की नेतृ भगवती न्यौपानेले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

उनीहरू तीनै जनाले आइतबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । राष्ट्रियसभा सचिवालयले पनि तीनै जनाको राजीनामा प्राप्त भएको पुष्टि गरेको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन तयारी गरिरहेकाले उनीहरूले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएको बताइएको छ । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यको चुनाव लड्न राष्ट्रियसभा सदस्य पदमा कायम रहन नमिल्ने भएकाले राजीनामा दिइएको हो ।

 

प्रतिक्रिया