बालेनले राजीनामा नदिने


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट तत्काल राजीनामा नदिने निर्णय गरेका छन् । यसअघि आजै राजीनामा दिने चर्चा चलेको थियो। तर, विकसित परिस्थिति र प्रचलित कानुनी व्यवस्थालाई ध्यानमा राखेर उनले राजीनामा नदिने मनस्थिति बनाएका हुन् ।

प्रचलित कानुनअनुसार संघीय संसद सदस्य पदमा उम्मेदवार हुनका लागि बालेनले स्थानीय तहको पदबाट पहिला राजीनामा दिन जरूरी छैन । निर्वाचन आयोगले गत पुस १२ मा स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार संघीय संसदमा उम्मेदवारी दर्ता गर्नुअघि स्थानीय तहको पदबाट राजीनामा दिनु अनिवार्य नभएको स्पष्ट छ । बरु, उम्मेदवारी दर्ता भएलगत्तै स्थानीय पद स्वतः खारेज हुने कानुनी व्यवस्था छ ।

 

 

 

प्रतिक्रिया