
प्रहरी हुँ भन्दै लुटपाट गर्ने युवक लागुऔषध र सुनसहित पक्राउ
काठमाडौं- प्रहरी हुँ भन्दै लुटपाट तथा ठगी गर्दै हिँड्ने एक व्यक्ति लागुऔषध र सुनका गहनासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–९ मा बसोबास गर्दै आएका ३३ वर्षीय आकाश भन्ने विक्रान्त केसी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार केसीलाई गत पुस २५ गते काठमाडौँ महानगरपालिका–८ शम्भुमार्ग नजिक प्रहरी भएको नाटक गर्दै सर्वसाधारणलाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउपछि उनको डेराको कोठामा खानतलासी गर्दा लागुऔषध ‘निटापाम’ लेखिएका २२ पत्ता, एक थान सुनको सिक्री र एक जोर सुनको मुन्द्रा बरामद गरिएको एसपी पवन भट्टराईले जानकारी दिए।
केसीविरुद्ध प्रहरी वृत्त गौशालाबाट लुटपाट, ठगी तथा लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
