कूटनीतिक नियोगका चालकसमेत मापसेमा परे


काठमाडौं- मापद पदार्थ (मापसे) सेवन गर्दा समेत सरकारी गाडी चलाउने घटना बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका तथ्यांकअनुसार कूटनीतिक नियोगदेखि साधारण सरकारी गाडी चालकसम्म मापसे गरेर गाडी चलाइरहेका पाइएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्म १६ जना चालक मापसे गर्दा कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी तथा प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो। यो तथ्यांक १५ पुससम्मको हो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ७७ सरकारी गाडी चालक मापसे गर्दा कारबाहीमा परेका थिए। चालु आर्थिक वर्षमा १ जना कूटनीतिक नियोगको गाडी चालक पनि मापसे कारण कारबाहीमा परेका छन्। अघिल्लो वर्ष यो संख्या २ जना थिए।

सबै प्रकारका गाडीसहित, चालु आर्थिक वर्षमा अहिलेसम्म १२ हजार ३८८ सवारी तथा चालक मापसे कारबाहीमा परेको छ। अघिल्लो आर्थिक वर्षमा यो संख्या ३८ हजार ४८३ पुगेको थियो।

एसपी सुवेदीका अनुसार, मापसे चलाउने घटना सरकारी गाडीमा समेत देखिएको र यसले यातायात सुरक्षा र सरकारी गाडीको छवि दुवैमा नकारात्मक प्रभाव पारिरहेको छ।

प्रतिक्रिया