बाजुरामा नगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार, पूर्व मेयरसहित १४ जनाविरूद्ध मुद्दा


काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरा बुढीगंगा नगरपालिकाका तत्कालीन मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

आयोगले आइतबार विशेष अदालतमा बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। उनीहरूले नगरपालिकाको भवन निर्माण ठेक्कामा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आरोपमा मेयर शाहसहित तत्कालीन प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, भिमराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री रहेका छन्।

त्यसैगरी, शिक्षा अधिकृत जयराज न्यौपाने, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा, जाग्रिति/एम.के/नेपाल जेभीका सञ्चालक पुष्कर रोकाया र सुरतबहादुर शाहमाथि पनि मुद्दा दर्ता गरिएको छ।

अख्तियारले जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँको बिगो कायम गर्दै उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याएको छ।

प्रतिक्रिया