
मातृवियोगमा शम्भुजीत बास्कोटा
काठमाडौं — बरिष्ठ गायक एवं संगीतकार शम्भुजीत बास्कोटालाई मातृशोक परेको छ ।
बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नी आमाको तस्बिर राख्दै उक्त कुरा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो’ ।
बास्कोटाकी आमाको १०६ वर्षको उमेरमा निधन भएको जनाइएको छ । स्वर्गीय बास्कोटाले यही डिसेम्बर २७ का दिन १०६ औं जन्मोत्सव मनाएकी थिइन् ।



कागजपत्र |
