इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ


काठमाडौं – ठगी, आपराधिक विश्वासघात, एक्सटर्सन र संगठित अपराधका मुद्दामा इन्टरपोल रेड नोटिस जारी फरार प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार बागलुङ नगरपालिका–२, श्रीनगर घर भएका जावेद अनवर दीनलाई पक्राउ गरिएको हो। एनसीबी अबुधाबी, यूएईको समन्वयमा उनलाई यूएईबाट पक्राउ गरी सोमबार नेपाल फिर्ता ल्याइएको बताइएको छ।

जावेद अनवर दीन सम्बन्धित मुद्दामा कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएका छन्। उनलाई ८ भदौ २०७७ मा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया