करणी मुद्दामा फरार दार्चुलाका देवेन्द्र र मौना ठगुन्ना पक्राउ


दार्चुला – करणी मुद्दामा फरार रहेका दार्चुलाका एक महिला र पुरुष ९ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका–३ का २६ वर्षीय देवेन्द्र ठगुन्ना र ३० वर्षीया मौना ठगुन्ना रहेका छन्। अदालतले हाडनाता करणी मुद्दामा देवेन्द्रलाई ३ महिना र मौनालाई १ महिना १५ दिन कैद सजाय तोकेको थियो।

जिल्ला अदालत दार्चुलाले २०७३ जेठ ३० मा फैसला सुनाएलगत्तै फरार रहेका दुवै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।

प्रतिक्रिया