उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु


काठमाडौं – मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका हन्

कार्यक्रममा उनले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पु¥याउँदै आएको बताए ।

मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उनले नयाँपुस्तालाई पनि कला, संस्कृति तथा बाजाको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाले आफू आएपछि २५ वटा ऐतिहासिक पोखरीको संरक्षण गरेको, बिस्केट जात्राका लागि पोखरीमा पानी भरेको, मठ, मन्दिर पाटीलगायत पुनःनिर्माण एवं संरक्षण गरिएको बताए ।

कला, संस्कृतिको संरक्षणमा मध्यपुरथिमि अगाडि रहेको चर्चा गर्दै उनले फोहर फाल्ने पाखो र ठाउँमा पार्कलगायत आकर्षक ठाउँ बनाउन सफल भएको बताए ।

 

प्रतिक्रिया