इरानले फिर्ता दियो नियन्त्रणमा लिएको दक्षिण कोरियाको जहाज


काठमाडौं – इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ । गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको छ ।

चालक दलका १२ सदस्यसहित सो जहाज सुरक्षित रुपमा स्वदेश फिर्ता पठाइएको कोरियाली विदेश मन्त्रालयले जनाएको छ । इरान सरकारले उक्त जहाज नियन्त्रणमा लिएर अनुसन्धान पूरा भएपछि फिर्ता पठाइएको जनाएको छ ।

यसअघि पनि इरानले पटक पटक जहाज नियन्त्रणमा लिएको थियो । अमेरिकाले सन् २०१८ मा इरानमाथि प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै इरानले विश्व शक्ति राष्ट्रहरुसँग गरेको आणविक सम्झौता एकतर्फी रुपमा भंग भएको घोषणा गरेको थियो ।

त्यसयता इरानले आणविक गतिविधि बढाएको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आलोचना गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया