११ औं विन्ध्यवासिनी म्युजिक अवार्ड, बैद्यलाई लाइफटाइम एचिभमेन्ट अवार्ड


काठमाडौं — विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ।

चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीम आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।

गायक बैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान अर्पण गरिएको कार्यक्रममा प्रस्तुत भिडियोमा जानकारी गराईएको थियो। गायक बैद्यलाई कार्यक्रमका आयोजकका साथमा विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरुले निवासमै पुगी सम्मान अर्पण गरेका थिए।

त्यसैगरी लोकप्रिय गायिका कुन्ती मोत्तानलाई नगद ५० हजार रुपियाँसहित संगीत साधना सम्मानबाट सम्मान गरिएको समारोहमा अर्की गायिका माण्डवी त्रिपाठाीलाई २५ हजार रुपियाँसहित संगीत रत्न सम्मानबाट सम्मानित गरिएको थियो। त्यस्तै पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरियो।

गीत संगीत र नृत्य प्रस्तुतिका साथ रोचक रुपमा सम्पन्न अवार्डमा अजर जंगम र पूर्णिमा तामाङ यस वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायक गायिकाको अवार्ड चुम्न सफल भए। धु्रबप्रसाद अम्गाईले गीत सर्वोत्कृष्ट घोषीत भएको कार्यक्रममा बिबि अनुरागीले संगीतकारको अवार्ड उचाले भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेन्जरको अवार्ड विजेता भए।

पप संगीततर्पm धन किरण गुरुङ सर्वोत्कृष्ट पप गायिका र सिर्जना कार्कीको अवार्ड जित्न सफल भए।

त्यसैगरी गायक गायिका दम्पती रामचन्द्र काप्mले र जुनु काप्mलेले युगन गायनमा बाजी मारे भने शिरिष देवकोटा र सरीता कार्की लोकदोहोरी गायक गायिका, प्रकाश सपुत, लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए।

त्यसैगरी दुर्गेश थापा र प्राची लामाको दम्पती  पप तथा आधुनिक गीतको म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम संगीत म्युजिक भिडियो निर्देशक, आशिरप्रताप जंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए।

पूर्व नेपाल सुन्दरी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा आधुनिक तथा फिल्मी गीत गायनमा चर्चित नाम बनेकी गायिका समिक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्पmको नव प्रतिभा पुरस्कालाई आफ्नो बनाइन्। समारोहमा नायक नायिका पल शाह र अनु शाहले

पपूलर अवार्ड चुमे भने दुबईका गैरे विवशलाई अन्तराष्ट्रिय संगीत सम्मान प्रदान गरियो। त्यसै गरी नरेश खाती पब्लीक च्वाईस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डे जूरी अवार्ड विजेता भए।

समारोहमा लाईफटाइम अचिभमेन्ट विजेता गायक योगेश वैद्यको सम्मानमा सुमन श्रेष्ठ र अजर जंगमले योगशका तथा संगीत साधना सम्मान विजेता गायिका कुन्ती मोक्तानको सम्मानमा उनको गायिका छोरीहरु शितल र सुवानी मोक्तानले कुन्तीका गीत गाएर सुनाएका थिए भने गायक एम बराल, रामचन्द्र काप्mले र रमेशराज भट्टराईले आप्mनो गीत प्रस्तुत गरेर दर्शकलाई जोस्याएका थिए। त्यसै गरी एलिना रायमाझी, शंकर विसी र उनको समूह, दुर्गेश थापा र उनको समूह तथा काजिश श्रेष्ठ र उनको समूहले नृत्य प्रस्तुत गरेर माहौल तताएका थिए।

प्रतिक्रिया