नागढुङ्गामा दुई युवक पक्राउ, साथबाट खैरो हेरोइन बरामद


काठमाडौं- चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार विशेष सूचनाका आधारमा पक्राउ गरेको व्यक्तिहरूमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिना रहेका छन्।

उनीहरूको साथबाट दुई ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया