
वीरगन्ज कारागारका कैदीको मृत्यु
वीरगन्ज- वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्लीका ३७ वर्षीय अनिल महत्तो रहेका छन्।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार महत्तो उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी थिए। स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार दिउँसो उपचारका लागि उनलाई प्रहरीको टोलीले नारायणी अस्पताल पुर्याएको थियो। अस्पतालमै उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको सुवेदीले जानकारी दिए।
महत्तो सवारी ज्यान मुद्दामा अदालतले सुनाएको ३ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान गरिरहेको अवस्थामा वीरगन्ज कारागारमा बन्दीजीवन काटिरहेका थिए। उनको कैद अवधि आउँदो चैतमा सकिनुपर्ने थियो।



कागजपत्र |
