प्रभु बैंकका सीईओसहित चार जनालाई थप ५ दिन थुनामा राख्न अनुमति


काठमाडौं- उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवास श्रेष्ठ र राजेन्द्र शाक्यसम्बन्धी बैंकिङ् कसुर मुद्दाको अनुसन्धानकालागि तेस्रोपटक म्याद थप गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र खड्कबहादुर केसी रहेको वाणिज्य इजलासले उनीहरूलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिने आदेश जारी गरेको हो।

यसअघि गत शुक्रबार उनीहरूको थुनाको म्याद २ दिनका लागि मात्र थपिएको थियो।

प्रतिक्रिया