
पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार ! यी हुन् ५५ प्रतिवादी
काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले एक निर्माण कम्पनीसमेत विरुद्ध मुद्दा दायर गरेको छ।
मामिलामा संलग्न ठहर गरिएकामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम प्रसाद आचार्य र दीपक चन्द्र अमात्य छन्।
त्यस्तै तत्कालीन अर्थमन्त्री रामशरण महत, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगायत पूर्वसचिव तथा वरिष्ठ अधिकारीहरूलाई पनि प्रतिवादीका रूपमा पेश गरिएको छ।
अख्तियारको अनुसार विमानस्थल निर्माण प्रक्रियामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो।
Skip to PDF content



कागजपत्र |
