विदेश पठाइदिन्छु भन्दै करोडौँ हिनामिना, ललितपुरबाट एक जना थुनामा


काठमाडौं-  वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–४ बस्दै आएका, मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ स्थायी ठेगाना भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

अग्रवालले विदेशी रोजगारीको लोभ देखाई पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा, ललितपुरबाट खटिएको टोलीले उनलाई ललितपुर–४ कै क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया