नेपाल एयरलाइन्सका ‘क्रु मेम्बर’ तस्करीको सुनसहित पक्राउ


काठमाडौं-  नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि प्रकरणको थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन गरिएको विमानस्रोतले जनाएको छ। तिवारीबाट आठ तोला सुन बरामद भएको दोहा प्रहरीले पुष्टि गरेको छ।

उक्त घटना नोभेम्बर २९ मा भएको हो। नेपाल एयरलाइन्सको उडान नम्बर आरए २४० दोहाबाट काठमाडौं आउँदै थियो। विमानस्थलको भन्सार जाँचका क्रममा तिवारीले बोक्दै आएको सुन भेटिएपछि उडान करिब ३५ मिनेट रोकिएको नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले जानकारी दिए।

यस विषयमा नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताइन्।

प्रतिक्रिया