डिआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण


काठमाडौं — सरूवाविरुद्ध असन्तुष्टी पोख्दै सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति दिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डीआईजी) जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ ।

कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीतको आचरण गरेको हुनाले उनलाई स्पष्टीकरण सोधिएको जनाइएको छ ।

कोशी प्रदेशमा भएको डीआईजी सरुवा सम्बन्धी निर्णयमा सामाजिक सञ्जालमा सापकोटाले टिप्पणी गरेका थिए । कोशी प्रदेश प्रमुखमा विनोद घिमिरेलाई पठाइएपछि सापकोटाले फेसबुकमा ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ ।’ भन्दै लेखेका थिए ।

प्रतिक्रिया