नेप्सेमा १०.४३ अंकको वृद्धि


काठमाडाैं- शेयर बजार लगातार पाँचौं दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४३ अङ्कले बढेर २ हजार ६ सय ७६ दशमलव ०३ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर १ दशमलव ४९ प्रतिशतले उकालो लागेको छ ।

आज १ सय ३१ वटा कम्पनीको शेयर बढेकोमा १ सय २१ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमस्टार ऊर्जा, फस्र्ट माइक्रो फाइनान्स कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ दशमलव ७८ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीका १ करोड ४६ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया