जेनजी आन्दोलनमा लुटिएको हतियार आपराधिक कार्यमा प्रयोग, काठमाडौंमा तीन युवक पक्राउ


काठमाडौं –  जेन–जी आन्दोलनका क्रममा लुटिएको प्रहरीको हतियार देखाएर फुड–डेलिभरी गर्ने व्यक्तिलाई धम्क्याई लुटपाट गर्ने तीन जना युवा पक्राउ परेका छन्। उनीहरूले रातको समयमा काठमाडौंको बागबजार क्षेत्रमा भोज डिलका डेलिभरी कर्मी निरज चौधरीलाई पेस्तोल देखाई नगद तथा जिन्सी लुटेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये मुख्य योजनाकार निकेश विकसहित तीनै जनालाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइ जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल बागबजार बस्ने २५ वर्षीय निशेक (निकेश) विक, बाग्लुङ ढोरपाटन नगरपालिका–३ घर भई हाल भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैह्रे र मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल बागबजार बस्ने २५ वर्षीय सुरज विक रहेका छन्।

उनीहरूको साथबाट सीएप ९८–९ ००१०४००८२३६ नम्बरको पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र टाइप ५४५५०१११३३ नम्बरको अर्को पेस्तोल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया