प्रहरीका ३ डीआईजीको सरुवा, काे कहाँ ?


काठमाडौं – नेपाल प्रहरीले तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको प्रस्तावमा सोमबार सरुवाको निर्णय भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी अब विनोद घिमिरेले सम्हाल्नेछन्। डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा भएपछि प्रहरी प्रमुख पद रिक्त रहेको थियो। कार्कीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पदस्थापन गरिएको छ।

घिमिरे केही हप्ताअघि मात्र प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा भएका थिए। त्यसअघि उनी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताका रूपमा  थिए। छोटो अवधिमा फेरि जिम्मेवारी परिवर्तन भएसँगै घिमिरे अब प्रदेशस्तरको कमान जिम्मा पाउने भएका छन्।

यसैबीच अन्य दुई डीआईजी पनि नयाँ ठेगानामा पुगेका छन्। दिलिप सिंह देउवालाई प्रहरीको प्रदेश समन्वय विभागमा र दीपककुमार बस्नेतलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया