
महोत्तरीमा वृद्ध बुवाकाे हत्या गरेको आरोपमा छाेरा पक्राउ
महोत्तरी– घरायसी विवादका कारण आफ्नै बुबाको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले अजयकुमार ठाकुरलाई पक्राउ गरेको छ। महोत्तरी गाउँपालिका-३ मडैका २६ वर्षीय अजयले भदौ २४ गते ७० वर्षीय वृद्ध जोगेन्द्र ठाकुरमाथि हतियार प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, अजयले प्रहार गरेको हतियारका कारण वृद्ध जोगेन्द्र गम्भीर घाइते भएका थिए र उपचारको क्रममा सोही दिन साँझ निधन भएको थियो।
लामो समयदेखि फरार रहेका अजयलाई प्रहरीले शुक्रबार राति जलेश्वर नगरपालिका-१२ थरुवाहीबाट नियन्त्रणमा लिएको डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए। प्रहरीले अजयलाई नियन्त्रणमा लिँदै घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको छ।



कागजपत्र |
