क्यानडा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने युवक पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–३ बस्ने, काभ्रे चौरीदेउराली गाउँपालिका–९ घर भएका २० वर्षीय आसमान विक पक्राउ परेका छन्।

विकले क्यानडा लैजाने प्रलोभनमा पारी एक जना पीडितसँग ६ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको भन्दै परेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका विकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया