
कार्की ब्याङ्क्वेटबाटै प्रधानमन्त्री कार्कीको राजीनामा माग
काठमाडौं — नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।
राजधानीको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा जारी एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरेका हुन् ।
उनले फास्ट ट्र्याकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो,’ बस्नेतले भने, ‘दलबाट देश चल्ने हो । दलबाट बाहिरबाट राजनीति हुँदैन ।’
यदि प्रधानमन्त्रीले यथाशीघ्र राजीनामा नदिए आफूहरुल्े एक लाख युवा लिएर सिंहदबारबाट फुलमालाका साथ विमानस्थलबाट बिदाई गर्ने चेतावनी समेत दिएका छन् ।



कागजपत्र |
